Scope Saving & Credit Co-operative Society Ltd.   Access Bronze Award
Home About Us Saving & Loan Committees Members News & Activities Photo Gallery Links Contact Us
News & Activities
बाल चित्रकला प्रतियोगिताको आयोजना
Posted by Administrator on 2015-06-01

Scope Children Drawing Competition

मिति २०७२ बैशाख १२ गते शनिबार देशमा गएको विनाशकारी महाभूकम्पले देशभरीका मानिसहरुकोे जनजीवन त्रसित बनाएको छ । महाभूकम्पमा परि हजारौंले ज्यान गुमाएको छ भने सोहि हाराहारीमा घाइते भएका छन् साथै लाखौं मानिसहरु घरवार विहिन हुन पुगेको छ । महाभूकम्पले बुढाबुढी, युवायुवती तथा बालबालिकाहरुलाई निकै नै आहत तुल्याएको छ । यस्तो परिस्थितिलाई मध्यनजर गरी विशेष गरी बालबालिहरुको मन मस्तिस्कलाई दरिलो एवं पूम्र्तिलो बनाउन उद्देश्यले स्कोप बचत तथा ऋण सहकारी संस्था लि. र यशोधर महाविहार सुधार समिति, बुबहाल, ललितपुरको संयुक्त आयोजनामा मिति २०७२ जेष्ठ ९ गते शनिबार ललितपुरको बुबहाल टोलमा बाल चित्रकला प्रतियोगिताको आयोजना गरियो । भूकम्पको भयलाई मन मस्तिस्कबाट हटाउने उद्देश्यले आयोजना गरिएको सो चित्रकला प्रतियोगितामा जम्मा ७० जना बालबालिकाहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई ५ देखि १० वर्ष र ११ देखि १५ वर्षसम्म दुई समूहमा विभाजन गरिएको थियो भने सहभागीहरुलाई आप्म्नो स्वेच्छाले चित्र कोर्ने अवसर दिइएको थियो । सो प्रतियोगिमा बालबालिकाहरुको उल्लासमय सहभागिता रहेको थियो भने अभिभावकहरुको उपस्थिति पनि बाक्लो थियो । करिब डेढ घण्टा सम्म चलेको उक्त प्रतियोगिताको समाप्ति पछि सहभागीहरुलाई पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो । यशोधर महाविहार सुधार समितिका उपाध्यक्ष श्री बाबु राज बज्राचार्यज्यूको सभापतित्वमा सम्पन्न भएको पुरस्कार वितरण कार्यक्रममा स्कोप बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष श्री अनिल वीर बज्राचार्यज्यू, बाल चित्रकला प्रतियोगिता कार्यक्रमका संयोजक स्कोप बचत तथा ऋण सहकारी संस्था लि। का प्रबन्धक श्री बाबु राजा बज्राचार्यज्यू र चित्रकला प्रतियोगिताका निर्णायक वरिष्ठ कलाकार श्री रत्न बहादुर बज्राचार्यज्यूले आप्म्नो मन्तव्य राख्नु भएको थियो । उक्त चित्रकला प्रतियोगितामा निम्न लिखित बालबालिकाहरु विजयी हुनु भएको थियो ।

Scope Children Drawing Competition

५ देखि १० वर्ष सम्मका बालबालिहरुमा
प्रथम – रिजन बज्राचार्य
द्वितीय – कृषा बज्राचार्य
तृतिय – जेनिशा बज्राचार्य
सान्त्वना – सुनेना बज्राचार्य

Scope Children Drawing Competition

११ देखि १५ वर्ष सम्मका बालबालिकाहरुमा
प्रथम – सिद्धार्थ बज्राचार्य
द्वितीय – सेलिका बज्राचार्य
तृतिय – सृजना बज्राचार्य
सान्त्वना – श्रेहा बज्राचार्य

Scope Children Drawing Competition

विजयी बालबालिकाहरुलाई कार्यक्रमका सभापति श्री बाबु राज बज्राचार्यज्यू, स्कोप बचत तथा ऋण सहकारी संस्था लि।का अध्यक्ष श्री अनिल वीर बज्राचार्यज्यू र निर्णायक श्री रत्न बहादुर बज्राचार्यज्यूले पुरस्कार वितरण गर्नु भएको थियो । अन्तमा कार्यक्रमका समापतिज्यूले आप्म्नो मन्तव्य सहित सभालाई विसर्जन गर्नु भएको थियो । बालबालिकाहरुले तयार गरेका चित्रहरुलाई यशोधर महाविहार, बुबहाल परिसरमा ३ दिन सम्म प्रदर्शनीको लागि राखिएको थियो ।

Scope Children Drawing Competition

Scope Children Drawing Competition

Scope Children Drawing Competition

Scope Children Drawing Competition

 
<< Back
 
३० औं वार्षिक साधारण सभा
प्रतिवेदन पुस्तिका डाउनलोड
News & Activities News & Activities
ACCESS Brand (Bronze) प्राप्त
Posted by : Administrator on 2016-09-18
उत्कृष्ट पुरस्कार प्राप्त / उत्कृष्ट सहकारी संस्था घोषणा
Posted by : Administrator on 2016-09-18
त्रिवर्षिय कार्ययोजना तर्जुमा कार्यक्रमको आयोजना
Posted by : Administrator on 2016-05-02
More »
 


Photo Gallery Photo Gallery
29th Annual General Meeting (AGM)   30th Sthapana Divash
29th Annual General Meeting (AGM)   30th Sthapana Divash
More »
 
 
 
 
Home About Us Introduction Goal Objectives Saving & Loan Saving Schemes Loan Schemes Committees Advisors Board of Directors Account Supervision Committee Loan Sub Committee Promotion Sub Committee Education Sub Committee Women Sub Committee Management Team Past Presidents Youth & Handicraft Sub Committee Members News & Activities Photo Gallery Links Contact Us
Copyright 2024 © SCOPE Saving & Credit Co-operative Society Ltd.   Website Design & Development By Ways Interactives