Scope Saving & Credit Co-operative Society Ltd.   Access Bronze Award
Home About Us Saving & Loan Committees Members News & Activities Photo Gallery Links Contact Us
News & Activities
SCOPE APP शुभारम्भ
Posted by Administrator on 2016-04-04

मिति २०७२ चैत्र २० गते शनिबार ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर स्कोप बचत तथा ऋण सहकारी संस्था लि. को नविनतम उत्पादन SCOPE APP शुभारम्भ कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.का अध्यक्ष श्री ऋषि राज घिमिरेज्यू लगायत यस संस्थाका अध्यक्ष श्री अनिल वीर बज्राचार्यज्यू, डिभिजन सहकारी कार्यालय, ललितपुरका सहकारी अधिकृत श्री धर्म राज रोकायाज्यू, नेप्mस्कूनका संचालक श्री नानी काजी शाक्यज्यू र संस्थाका संस्थापक अध्यक्ष श्री किशोर भाई बज्राचार्यज्यूको बाहुल्यबाट शुभारम्भ कार्यक्रम सम्पन्न भयो । संस्थाका सदस्यहरुलाई समयानुकूल नयाँ नयाँ प्रविधिबाट सदस्यहरुलाई संस्थाको विविध पक्षबारे जानकारी दिने उद्देश्यले विविध कार्यक्रम हरु संचालन गर्ने क्रममा यो SCOPE APP शुभारम्भ गरिएको हो । यो APP संचालनबाट संस्थाका सदस्यहरुले संस्थाको विभिन्न गतिविधिबारे जानकारी लिन सक्नुका साथै भई रहेका गतिविधि बारे सल्लाह सुझाव पनि दिन सकिनेछ । सम्भवतः सहकारी क्षेत्रमा पहिलो पटकको रुपमा संचालनमा आएकोमा SCOPE APP बाट सहकारी अभियानमा अग्रगामी प्रभाव राखिनेछ भन्ने विश्वास लिएका छौं । SCOPE APP शुभारम्भ कार्यक्रमको क्रममा कार्यक्रमका प्रमुख अतिथि श्री ऋषि राज घिमिरेज्यूले शुभकामना मन्तव्य दिने क्रममा यो APP को सफलताको साथै अन्य सहकारी संस्थाहरुले पनि ब्एए प्रयोग गरी आप्mनो गतिविधिहरुलाई सदस्यहरु लगायत जनमानसमा पु-याउनु हुनेछ भन्ने विश्साव लिनु भएको थियो र नेप्स्कून र नेफ्स्कूनमा आवद्ध संस्थाहरुलाई पनि APP संचालनको लागि प्रोत्साहन गरिने पनि विश्वास व्यक्त गर्नु भयो ।

SCOPE APP संचालन तरिका :
Play Store मा गई coopkhabar download गरि SCOPE APP हेर्न सक्नु हुनेछ ।

 
<< Back
 
सदस्यहरुलाई सूचना
News & Activities News & Activities
ACCESS Brand (Bronze) प्राप्त
Posted by : Administrator on 2016-09-18
उत्कृष्ट पुरस्कार प्राप्त / उत्कृष्ट सहकारी संस्था घोषणा
Posted by : Administrator on 2016-09-18
त्रिवर्षिय कार्ययोजना तर्जुमा कार्यक्रमको आयोजना
Posted by : Administrator on 2016-05-02
More »
 


Photo Gallery Photo Gallery
Gosthi Program  
Gosthi Program  
More »
 
 
 
 
Home About Us Introduction Goal Objectives Saving & Loan Saving Schemes Loan Schemes Committees Advisors Board of Directors Account Supervision Committee Loan Sub Committee Education Sub Committee Women Sub Committee Management Team Past Presidents Youth & Handicraft Sub Committee Members News & Activities Photo Gallery Links Contact Us
Copyright 2018 © SCOPE Saving & Credit Co-operative Society Ltd.   Website Design & Development By Ways Interactives