News & Activities |
त्रिवर्षिय कार्ययोजना तर्जुमा कार्यक्रमको आयोजना
Posted by Administrator on 2016-05-02
स्कोप बचत तथा ऋण सहकारी संस्था लि.को त्रिवर्षिय (आ.ब. २०७३।०७४ देखि २०७५।०७६ सम्मको)कार्ययोजना तय गर्न मिति २०७३ बैशाख १८ गते शनिबार त्रिवर्षिय कार्ययोजना तर्जुमा कार्यक्रम आयोजना गरियो । संस्थाको आगामी तीन वर्ष सम्मको लागि वित्तीय कारोबार लगायत विभिन्न कार्यक्रमहरुको लक्ष्य निर्धारण गर्न र संस्थाको परिकल्पना (Vision), ध्येय (Mission) र लक्ष्यहरुलाई समयानूकुल बनाउन सो कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा संस्थाका सल्लाहकारवर्ग, संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, विभिन्न उप–समिति र व्यवस्थापन समूहका सदस्यहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमका सहजकर्ताको रुपमा नेप्mस्कूनका पूर्व वरिष्ठ तालिम अधिकृत एवं सहकारी व्यक्तित्व श्री बाबु राम न्यौपाने रहनु भएको थियो । कार्यक्रममा संस्थाका सबल पक्ष, दुर्बल पक्ष, अवसर तथा चुनौतीको बारेमा विस्तृत रुपमा छलफल गरी निक्र्यौल गरियो भने संस्थाको परिकल्पना, ध्येय र उद्देश्य माथि पनि विस्तृत रुपमा छलफल गरी परिमार्जित गरियो । साथै संस्थाका आगामी तिन वर्षको लागि सदस्यता बृद्धि र सम्पत्ति बृद्धि सम्बन्धमा पनि रणनीतिक योजनाहरु तयार गरियो । |
|
<< Back |
|
|
|