Scope Saving & Credit Co-operative Society Ltd.   Access Bronze Award
Home About Us Saving & Loan Committees Members News & Activities Photo Gallery Links Contact Us
News & Activities
सहकारी अध्ययन अवलोकन भ्रमण
Posted by Administrator on 2011-01-30

Mahila Bachat Tatha Rinस्कोप सहकारी संस्था लि को बार्षिक कार्ययोजना अनुरुप संस्थाले प्रत्येक वर्ष नेपालको विभिन्न स्थानमा रहेका सहकारी संस्थाहरुको अध्ययन अवलोकन भ्रमण कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसै क्रममा यस वर्ष मिति २०६७ पौष २८ गते देखि माघ ४ गते सम्म ७ दिनको लागि पश्चिम नेपालका विभिन्न सहकारी संस्थाहरुमा अध्ययन अवलोकन भ्रमण कार्यक्रमको आयोजना गरिएको थियो। सहकारीहरु बीच समन्वय, सहयोग, आपसी सम्बन्ध बिस्तार र सहकारी क्षेत्रलाई मजबुत बनाउने उद्देश्यले भ्रमण कार्यक्रमको आयोजना गर्दै आइरहेको हो। संस्थाका सल्लाहकारवर्ग, संचालक समिति, लेखा समिति, विभिन्न उप-समिति तथा कर्मचारीवर्ग सहित जम्मा ३३ जना भ्रमणमा सहभागी भएका थिए। यस पालीको भ्रमण शुभारम्भमा तराईमा सितलहरले जनजीवनलाई अति नै प्रभावित बनाएको थियो। तर सौभाग्य नै भन्नु पर्ला हाम्रो भ्रमणलाई शीतलहरले त्यति प्रभावित गरेन।

सहकारी अध्ययन भ्रमणको शुरुमा कोहलपुर, बाँके स्थित महिला समाज सेवा बचत तथा ऋण सहकारी संस्था लि मा अध्ययन अवलोकान गर्ने अवसर पायौं। मध्य पश्चिमको अविकसित ठाउँमा महिला सदस्यहरुको संस्थागत संचालन गर्ने प्रक्रिया, जाँगर र जोशिलोपनले भ्रमणदलमा सहभागी सबैलाई प्रभावित बनाएको थियो। महिलाहरु मात्र सदस्य रहेको त्यस सहकारी संस्थाबाट यस संस्थाका सदस्यहरुले धेरै जान्ने बुझ्ने अवसर पाएका थिए। सहकारी संस्थाको भ्रमणको क्रममा बर्दिया स्थित सृजना बचत तथा ऋण सहकारी संस्था लि मा पनि अध्ययन अवलोकन भ्रमण गरिएको थियो। बर्दिया राष्ट्रिय निकुञ्जको आसपासमा रहेको ग्रामिण भेगमा अवस्थित उक्त सहकारी संस्थाले  छरिएर रहेका आफ्ना सदस्यहरुलाई एककृत गरी सेवा प्रदान गरिरहेको जानकारी पाइ ज्यादै उत्साहित भएको थिए। विशेष गरी कृषिमा आबध्द उक्त सहकारीको क्रियाकलाप, बचत संकलन तथा ऋण सराहनीय पक्ष रहेको छ।Srijana Bachat Tatha Rin

भ्रमणकै क्रममा सुदुर पश्चिम स्थित कञ्चनपुरको चाँदनी गाबिस स्थित सृजना बचत तथा ऋण सहकारी संस्था लि मा पनि भ्रमण कार्यक्रम सम्पन्न गरिएको थियो। नेपालको सडकले नछोएको गाबिस भनेर चिनिने कञ्चनपुरको चाँदनी र दोधारा गाबिसको शुक्लाफाँट बन्यजन्तु आरक्ष केन्द्रको आसपासमा रहेको उक्त सहकारी संस्था लि मा अध्ययन अवलोकान भ्रमण गर्नु सौभाग्य रहेको छ। बाहिरी सहकारी संस्थाहरु संग त्यति सम्पर्कमा नआएको उक्त सहकारी संस्थाले सदस्यहरुलाई सहकारीको माध्यमबाट सेवा दिइ रहेको गौरव नै मान्नु पर्छ। उक्त सहकारी संस्था रहेको ठाउँ कै आसपासमा विश्व कै दोस्रो लामो झुलुङ्गे पुलको बनावटले हामीलाई गौरवको अनुभुति दिलाएको थियो।

Bardia National Parkसहकारी संस्थाहरुको अध्ययन अवलोकान भ्रमण पश्चात नेपालको सिमानाको नजिकै रहेको भारतको पर्यटकीय स्थल नैनीतालमा पनि भ्रमण गर्ने अवसर पायौं। एकातिर पहाडी ठाउँ भए पनि भारतले उक्त ठाउँमा गरेको विकासलाई देखेर सहभागीहरु प्रफुल्लित भएका थिए भने अर्कातिर प्रकृतिको भण्डार भ्रमण योग्य ठाउँ भएको नेपालमा त्यति विकास नभएको देखेर सहभागी साथीहरु ज्यादै निराश भएका थिए। नैनीतालको भ्रमणबाट नेपालमा पनि धेरै विकास गर्न सकिन्छ भन्ने हामीलाई महसुस भएको छ।

विभिन्न सहकारी संस्थाहरु लगायत नैनीतालको भ्रमण पश्चात् सहभागी सबै सदस्यहरुमा सहकारी क्षेत्रलाई अझ व्यवस्थित र विस्तृत रुपमा अगाडी बढाउनु पर्छ भन्ने भावना उत्पन्न भएको थियो। यही भावनालाई हामीले आगामी दिनमा आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछौं।
 
<< Back
 
३० औं वार्षिक साधारण सभा
प्रतिवेदन पुस्तिका डाउनलोड
News & Activities News & Activities
ACCESS Brand (Bronze) प्राप्त
Posted by : Administrator on 2016-09-18
उत्कृष्ट पुरस्कार प्राप्त / उत्कृष्ट सहकारी संस्था घोषणा
Posted by : Administrator on 2016-09-18
त्रिवर्षिय कार्ययोजना तर्जुमा कार्यक्रमको आयोजना
Posted by : Administrator on 2016-05-02
More »
 


Photo Gallery Photo Gallery
29th Annual General Meeting (AGM)   30th Sthapana Divash
29th Annual General Meeting (AGM)   30th Sthapana Divash
More »
 
 
 
 
Home About Us Introduction Goal Objectives Saving & Loan Saving Schemes Loan Schemes Committees Advisors Board of Directors Account Supervision Committee Loan Sub Committee Promotion Sub Committee Education Sub Committee Women Sub Committee Management Team Past Presidents Youth & Handicraft Sub Committee Members News & Activities Photo Gallery Links Contact Us
Copyright 2024 © SCOPE Saving & Credit Co-operative Society Ltd.   Website Design & Development By Ways Interactives