Scope Saving & Credit Co-operative Society Ltd.   Access Bronze Award
Home About Us Saving & Loan Committees Members News & Activities Photo Gallery Links Contact Us
News & Activities
१९ औं वार्षिक साधारण सभा - प्रतिवेदन
Posted by Administrator on 2012-09-20

स्कोप बचत तथा ऋण सहकारी संस्था लि.
१९ औं वार्षिक साधारण सभा
प्रतिवेदन


स्कोप बचत तथा ऋण सहकारी संस्था लि.को १९ औं वार्षिक साधारण सभा मिति २०६९ भाद्र ३० गते शनिबारका दिन अशोक पार्टी प्यालेस ल.पु.मा सम्पन्न भयो । संस्थाका अध्यक्ष श्री अनिल वीर बज्राचार्ययज्यूको सभापतित्वमा सम्पन्न भएको उक्त सभाको प्रमुख अतिथि हिरण्य वर्ण महाविहार ललितपुरका चक्रेश्वर आजु श्रद्धेय काजी रत्न बज्राचार्यज्यू हुनुभएको थियो । प्रथम सत्र र दोश्रो सत्र गरी दुई भागमा सम्पन्न भएको उक्त सभामा संस्थाका कुल १८९२ सदस्यहरु मध्ये जम्मा १७७८ जना सदस्यहरुको उपस्थिति रहको थियो ।

राष्ट्रिय गानबाट शुरु भएको उक्त सभामा आ.ब. २०६८।०६९ मा देहावसान हुने संस्थाका सदस्यहरु क्रमशः राजेन्द्र शाक्य (सदस्य नं. ८२२) र संजिप कुमार तण्डुकार (सदस्य नं. १९००) तथा अन्तर सहकारी सुरक्षण कोष एवं शाक्य पुचः बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री धर्म राज शाक्यज्यूको असामयिक निधन भएकोले दिवंगतहरुको आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरिएको थियो । तत्पश्चात् संस्थाको संस्थागत गीत प्रस्तुत गरिएको थियो । उक्त संस्थागत गीतमा सम्पूर्ण सहभागीहरुले स्वरमा स्वर मिलाएका थिए । संस्थागत गीत प्रस्तुति पश्चात् वार्षिक साधारण सभाका प्रमुख अतिथि श्रद्धेय चक्रेश्वर आजु काजी रत्न बज्राचार्यज्यूले पानसमा दीप प्रज्वलन गरि सभाको समुदघाट्न गर्नुभएको थियो । तत्पश्चात् सभामा उपस्थित सम्पूर्ण अतिथि महानुभावहरुलाई संस्थाका उपाध्यक्ष श्री इन्द्र कुमारी शमाक्यज्यू तथा सचिव श्री यज्ञ राज बज्राचार्यज्यूबाट ब्याच तथा कार्यक्रम पुस्तिका वितरण गर्नुभएको थियो । संस्थाका अध्यक्ष श्री अनिल वीर बज्राचार्यज्यूले स्वागत मन्तव्य र आ.ब. २०६८।०६९ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा तथा सुपरिवेक्षण समितिका संयोजक श्री आनन्द वीर बज्राचार्यज्यूले आ.ब. २०६८।०६९ को लेखा प्रतिवेदन प्रस्तुत गरेको थियो । उक्त सभामा संस्थाका शुभचिन्तक श्रीमती ज्ञानु धाख्वाज्यू, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ल.पु.का उपाध्यक्ष श्री राम शरण बस्नेतज्यू, राष्ट्रिय सहकारी विकास बोर्डका उप–निर्देशक श्री शिव घिमिरेज्यू, जिल्ला सहकारी संघ लि. ल.पु.का कार्यवाहक अध्यक्ष श्री माधव तिमिल्सिनाज्यू, नेफ्स्कूनका संचालक सदस्य एवं दीपावती साकोसका अध्यक्ष श्री नानी काजी शाक्यज्यू र नेपाल हस्तकला महासंघ एवं वशुवर्ण साकोसका अध्यक्ष श्री विकास रत्न धाख्वाज्यूले आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मन्तव्य पश्चात् सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । संस्थाबाट आ.ब. २०६८।०६९ मा ऋण कारोबार गरी सर्वोकृष्ट हुने तीन जना सदस्यहरु क्रमशः प्रकृति शाक्य (सदस्य नं. १५८७), रिजना शाक्य (सदस्य नं. ५०६) र प्रमिला शाक्य (सदस्य नं. ३९७) सहित १० जना उत्कृष्ट ऋणी सदस्यहरुको नाम घोषणा गरी सर्वोकृष्ट हुने तीनजनालाई सम्मान गरिएको थियो । त्यस्तै बचततर्फ नियमित बचतमा उत्कृष्ट हुने पाँचजना सदस्यहरु क्रमशः युक्त बहादुर धाख्वा (सदस्य नं. ६२६), बिलिन्द्र शाक्य (सदस्य नं १६१), विरेन्द्र तुलाधर (सदस्य नं. ७२४), हरि महर्जन (सदस्य नं. ८७८) र पवन राज शाक्य (सदस्य नं १०८४) र नारी बचततर्फ उत्कृष्ट हुने क्रमशः रचना शाक्य (सदस्य नं. १७३२) र मन्दिरा शाक्य (सदस्य नं. १२५) लाई सम्मान गरिएको थियो । त्यस्तै वि.सं. २०६८ सालको SLC परिक्षामा उत्कृष्ट हुने संस्थाका सदस्य परिवार मध्ये उत्कृष्ट हुने छात्र छात्रालाई सम्मान गरिएको थियो । सम्मानकै क्रममा संस्थाको स्थापना कालदेखि विभिन्न पदहरुमा रही योगदान गरेको एवं संस्थाको अध्यक्ष समेत भई दुरदर्शी नेतृत्व प्रदान गरेकोले पूर्व अध्यक्ष श्री किरण भाई बज्राचार्यज्यूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमको क्रममा सभाका प्रमुख अतिथि श्रद्धेय चक्रेश्वर आजु काजी रत्न बज्राचार्यज्यूले वार्षिक सभालाई सम्बोधन गरेपश्चात् संस्थाको तर्फबाट प्रमुख अतिथिज्यूलाई मायाको चिनो तथा दान प्रदान गरिएको थियो । उद्घाटन सत्रको अन्तमा संस्थाका उपाध्यक्ष श्री इन्द्र कुमारी शाक्यज्यूले उपस्थित सबैमा धन्यवाद ज्ञापन गरिए पश्चात् सभापति श्री अनिल वीर बज्राचार्यज्यूले सभा बिसर्जन गर्नुभएको थियो ।

प्रथम सत्र पश्चात् सदस्यहरुलाई मनोरञ्जन दिने उद्देश्यले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । विशेष गरी संस्थाको बाल बचतकर्ता सहभागी रहेको उक्त साँस्कृतिक कार्यक्रममा ४ वटा नृत्य तथा एउटा वाद्यवादन गरी ५ वटा कार्यक्रम प्रस्तुत गरिएको थियो । उक्त साँस्कृतिक कार्यक्रममा बाल बचतकर्ताहरुको उत्कृष्ट प्रतिभा देखेर सबैले उत्साहित भएका थिए ।

 साँस्कृतिक किार्यक्रम पश्चातभ् वार्षिक साधारण सभाको प्रमुख सत्र दोश्रो सत्र संचालन गरिएको थियो । दोश्रो सत्रको प्रारम्भमा साँस्कृति कार्यक्रममा सहभागी हुने बाल बचतकर्ताहरु तथा प्रशिक्षकहरुलाई उपहार तथा मायाको चिनो प्रदान गरिएको थियो । तत्पश्चात् SLC मा उत्तीर्ण हुने बाँकी विद्यार्थीहरुलाई पनि संस्थाका अध्यक्षज्यूले प्रमाण पत्र तथा उपहार वितरण गर्नुभएको थियो ।
 
<< Back
 
३० औं वार्षिक साधारण सभा
प्रतिवेदन पुस्तिका डाउनलोड
News & Activities News & Activities
ACCESS Brand (Bronze) प्राप्त
Posted by : Administrator on 2016-09-18
उत्कृष्ट पुरस्कार प्राप्त / उत्कृष्ट सहकारी संस्था घोषणा
Posted by : Administrator on 2016-09-18
त्रिवर्षिय कार्ययोजना तर्जुमा कार्यक्रमको आयोजना
Posted by : Administrator on 2016-05-02
More »
 


Photo Gallery Photo Gallery
29th Annual General Meeting (AGM)   30th Sthapana Divash
29th Annual General Meeting (AGM)   30th Sthapana Divash
More »
 
 
 
 
Home About Us Introduction Goal Objectives Saving & Loan Saving Schemes Loan Schemes Committees Advisors Board of Directors Account Supervision Committee Loan Sub Committee Promotion Sub Committee Education Sub Committee Women Sub Committee Management Team Past Presidents Youth & Handicraft Sub Committee Members News & Activities Photo Gallery Links Contact Us
Copyright 2024 © SCOPE Saving & Credit Co-operative Society Ltd.   Website Design & Development By Ways Interactives